‘सी’ डिभिजन लिग : सोमबारको खेलमा स्वयम्भु क्लब विजयी

काठमाडौं, २६ बैशाख । सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत सोमबारको खेलमा स्वयम्भु क्लब विजयी भएको छ ।
प्रतियोगिताको पहिलो जित निकाल्ने क्रममा स्वयम्भुले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा समाज कल्याण खेलकुद केन्द्रलाई २–० ले पराजित गरेको हो ।
सातौँ मिनेटमा विजय श्रेष्ठको गोलबाट स्वयम्भुले अग्रता लिएको थियो । ७५औँ मिनेटमा नरेश राईले गोल गर्दै स्वयम्भुलाई २–० को सहज जित दिलाए ।
यो जितसँगै सात खेलबाट ६ अंक जोडेको स्वयम्भु तालिकाको १०औँ स्थानमा उक्लिँदा पराजित समाज कल्याण समान खेलमा १० अंकका साथ छैटौँ स्थानमा यथावत् छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


