सोमबार ८ नयाँ संक्रमित थपिए, १७ जना संक्रमणमुक्त

काठमाडौं, २६ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६९३ जनाको पीसीआर परीक्षण गर्दा ६ र १ हजार ३०९ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने १७ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १५१ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै, ९ लाख ६६ हजार ८०६ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १९० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १८९ जना होम आइसोलेसनमा र १ जना संस्थागत आइसोलेसनमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


