नान्टेसलाई २२ वर्षपछि फ्रेन्च कपको उपाधि

एजेन्सी, २५ बैशाख । नान्टेसले शनिबार रातिको फाइनलमा निसलाई १–० ले हराउँदै फ्रेन्च कपको उपाधि उचालेको छ । नान्टेसले चौथोपटक फ्रेन्च कपको उपाधि उचालेको हो ।
उसले पछिल्लोपटक सन् २००० मा यो उपाधि जितेको थियो । स्टेड डि फ्रान्समा भएको खेलको ४७ औं मिनेटमा लुडोभिच ब्लासले गरेको एक मात्र गोल नान्टेसलाई उपाधि दिलाउन पर्याप्त बन्यो ।
उपाधिसँगै नान्टेसले आगामी सिजनका लागि युरोपा लिगमा समेत स्थान सुरक्षित गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


