सहिद स्मारक ‘सी’ डिभिजन लिग : पहिलो खेलमा खालीबारी युथ क्लबको जित

काठमाडौं, २५ बैशाख । सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत आइतबारको पहिलो खेलमा खालीबारी युथ क्लबले जित हात पारेको छ ।
उसले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ओसिस क्लबविरुद्ध ३–१ को जित हात पारेको हो ।
खेलको दोस्रो मिनेटमै सन्दीप गुरुङले गरेको गोलबाट खालीबारीले अग्रता लिएको थियो । १० औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।
अभय रानाले ३३ औं मिनेटमा अभय रानाले गोल गरपेछि खालीबारी ३–० ले अघि बढ्यो । ३८ औं मिनेटमा समिर कार्कीले ओसिसका लागि सान्त्वना गोल फर्काए ।
यो जितसँगै ६ खेलबाट नौ अंक जोडेको खालीबारी तालिकाको सातौं स्थानमा उक्लिएको छ । पराजित ओसिस समान खेलबाट अंकविहीन पुछारमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


