काठमाडौं, २५ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा १७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९०५ जनाको पीसीआर परीक्षण गर्दा १७ र १ हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने २१ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १४३४ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै, ९ लाख ६६ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २०० जना होम आइसोलेसनमा र १ जना संस्थागत आइसोलेसनमा छन् ।
कोरोनाका बिरामीमध्ये १ जना आईसीयूमा उपचाररत् छन् ।