निम्न माध्यमिक तहको शिक्षक पदको नतिजा सार्वजनिक

काठमाडौं, २५ बैशाख । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ७६ हजार ८०६ सहभागी परीक्षार्थी मध्ये २० हजार ९८२ जना उत्तीर्ण भएका छन् ।
प्रदेश १ मा १९ हजार २० सहभागी मध्ये ५ हजार १८२ जना, मधेस प्रदेशमा ५ हजार ८५३ मध्ये १ हजार ११ जना, बागमती प्रदेशमा ११ हजार ५२६ सहभागी मध्ये ३ हजार ५७७ जना उत्तीर्ण भएका छन् ।
यसैगरी गण्डकी प्रदेशमा १४ हजार २०६ जना मध्ये ४ हजार ३४१ जना, लुम्बिनी प्रदेशमा ११ हजार ८४४ मध्ये ३ हजार ३६१ जना, कर्णाली प्रदेशमा ४ हजार ६८८ मध्ये १ हजार ६९ जना र सुदुरपश्चिम प्रदेशमा ९ हजार ६६९ मध्ये २ हजार ४४१ जना उत्तीर्ण भएका छन् ।
आयोगले गत १७ चैतमा २ हजार ५९८ रिक्त पदको लागि सामान्य तर्फको परीक्षा सञ्चालन गरेको थियो ।
आयोगले नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले ३ जेठसम्म कार्यालय समयभित्र आयोगले तोकेको कागजात सहित आवेदन दिन सकिने जनाएको छ ।
११ असारमा विषयगत परीक्षा
सामान्यतर्फको परीक्षामा उत्तीर्ण भएकाहरुका लागि ११ असारमा परीक्षा सञ्चालन हुने भएको छ । आयोगले प्रदेशगत रुपमा परीक्षा केन्द्र रहने जिल्ला समेत तोकेको छ ।
प्रदेश १ का लागि मोरङ, मधेश प्रदेशका लागि धनुषा, बागमती प्रदेशका लागि मकवानपुर, गण्डकी प्रदेशका लागि कास्की, लुम्बिनी प्रदेशका लागि रुपन्देही, कर्णाली प्रदेशका लागि सुर्खेत र सुदूरपश्चिमका लागि कैलाली जिल्लामा परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


