बैशाख ३० गते कोरोनाविरुद्धको खोप अभियान सञ्चालन नहुने

काठमाडौं, २५ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैशाख ३० गतेका दिन कोरोनाविरुद्धको खोप अभियान सञ्चालन नहुने जनाएको छ ।
३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्वास्थ्यकर्मीहरु समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने भएकोले सो दिन खोप कार्यक्रम बन्द हुने मन्त्रालयले जनाएको हो ।
मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै चुनावको अघि र पछिका दिनहरुमा खोप केन्द्रमा नियमित खोप अभियान सञ्चालन हुने जनाएको छ ।
छिमेकी मुलुक भारतमा कोराना संक्रमण बढ्दै गइरहेको भन्दै मन्त्रालयले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


