प्रचण्डलाई जुत्ता हान्छु भन्ने पत्रकार पक्राउ

दाङ, २५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्छु भन्ने पत्रकार पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमा त्यस्तो लेख्ने दाङको तुलसीपुर उपमहानगरपालिका–३ बस्ने ५२ वर्षीय यज्ञबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले बताए ।
‘मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु’ भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि बुढालाई जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
बुढामाथि विद्युतीय करोबार ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


