शनिबार १४ नयाँ संक्रमित थपिए, २१ जना संक्रमणमुक्त

काठमाडौं, २४ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका १४ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ७१६ जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १ हजार ४२० पीसीआर परीक्षण गर्दा ११ र १ हजार २९६ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २१ जना संक्रमणमुक्त भएका छन् भने देशभर २०५ जना सक्रिय संक्रमित रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


