श्रीलंकामा फेरि संकटकाल लागु

एजेन्सी, २४ बैशाख । आर्थिक संकटबाट जुधिरहेको श्रीलंकामा फेरि एकपटक संकटकाल लागु गरिएको छ ।
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेले आज रातिबाट संकटकाल घोषणा गरेका हुन् ।
यो ६ मेको मध्यरातबाट लागु भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।
उनले यो निर्णय एक विशेष क्याबिनेट मिटिङपछि दिएका हुन् । यसअघि लागेको संकटकाट ५ अप्रिलपछि फिर्ता लिइएको थियो ।
राष्ट्रपति राजपक्षेले देशको अस्तित्व रक्षा गर्न, जनताको सुरक्षा गर्न र अत्यावश्यक आपूर्ति तथा सेवाहरुलाई कायम राख्न आफूले संकटकाल लगाएको बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


