जनकपुरधाम, २४ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदन खुल्नासाथ नागरिकतासम्बन्धी विधेयक पास गर्ने बताएका छन् ।

पाँच दलीय गठबन्धनले शनिबार जनकपुरधाममा अयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘मधेशका धेरैमा मानिस नागरिकतासम्बन्धी समस्याबाट गुज्रिरहेका छन् । यो समस्या समाधानका लागि संविधान संशोधनको पक्षमा म पनि छु ।’

उनले यसअघिको सरकारले नागरिकतासम्बन्धी विधेयक पास गर्न नदिएको पनि गुनासो गरे । आफुहरुले नागरिकताको समस्या समाधान गर्न प्रयास गर्दापनि एमालेको कारण समस्या समाधान हुन नसकेको उनले बताए ।

प्रचण्डले अब कुनै पनि हालतमा नागरिकताको समस्या समाधान गर्ने बताएका छन् ।

उनले भने, ‘हामी नागरिकताको समस्या समाधान गर्न छलफल गर्यो । सर्वोच्चले सदनबाटै यसलाई लग्न भनेपछि सदनबाट लग्न खोज्दा एमालेले सदन चल्न दिएन् ।’

उनले अब एमालेले सदनमा अवरोध गरेपनि त्यसका बाबजुद नागरिकताको समस्या समाधान गर्ने बताए । यस्तै उनले कयौँ रात नसुतेर महानगर र उपमहानगरमा गठबन्धन गर्न सफल भएकोसमेत बताए ।