गायक स्वप्न सुमन विवाह बन्धनमा बाँधिए

काठमाडौं, २३ बैशाख । गायक स्वप्न सुमन विवाह बन्धनमा बाँधिएका छन् ।
उनले मोडल ज्योत्सना योगीसँग लगनगाँठो कसेका हुन् । योगीले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएकी हुन् ।
उनीहरुले यसअघि आफ्नो सम्बन्धलाई साझा गरेका थिएनन् । विवाहको तस्बिर सेयर गर्दै योगीले सबैको माया र आशीर्वादको आशा व्यक्त गरेकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


