बुर्किना फासोमा दुईवटा एम्बुस आक्रमणमा परी ११ जनाको मृत्यु

एजेन्सी, २३ बैशाख । बुर्किना फासोको उत्तरी क्षेत्रमा दुईवटा एम्बुस आक्रमणमा परी ११ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
बिहीबार सोले सहरनजिकै भएको पहिलो हमलाले सेनालाई सहयोग गर्ने दुई सैनिक र चार सर्वसाधारणको मृत्यु भएको थियो ।
ओआनोबेमा सोही दिन अर्को आक्रमणमा पाँच अर्धसैनिक सेनाको मृत्यु भएको थियो, सेनाले शुक्रबार जारी गरेको एक विज्ञप्तिमा जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


