शुक्रबार १५ नयाँ संक्रमित थपिए, १७ जना संक्रमणमुक्त

काठमाडौं, २३ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४५० जनाको पीसीआर परीक्षण गर्दा १५ र १ हजार ३ जनाको एन्टीजेन परीक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ भने १७ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ११२ पुगेको छ भने हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने । त्यस्तै, ९ लाख ६६ हजार ७४७ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर २१५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २१३ होम आइसोलेसनमा र २ जना संस्थागत आइसोलेसनमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


