चीनको हानझाउमा हुने भनिएको १९ औं एसियाली खेलकुद स्थगित

एजेन्सी, २३ बैशाख । चीनको हानझाउमा हुने भनिएको १९ औं एसियाली खेलकुद (एसियाड) स्थगित भएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनमा बढ्दै गरेको कोरोना महामारीलाई लिएर एसियाड स्थगित भएको हो ।
एसियाड २०२२ सेप्टेम्बर १० देखि २५ (२४ भदौ २५ देखि ९ असोज) सम्मका हानझाउमा हुने तय थियो । अब एसियाड सन् २०२३ हुने बताइएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै चिनियाँ ओलम्पिक कमिटी, हानझाउ एसियन गेम्स आयोजक कमिटी, ओसिएको कार्यकारी बोर्डको संयुक्त छलफलपछि एसियाड रोक्ने निर्णय भएको जनाएको छ ।
तीनै निकायको संयुक्त छलफलपछि एसियाडको नयाँ मिति तय हुने बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


