चिकित्सा शिक्षा स्नातक तहका कार्यक्रमका लागि शिक्षण संस्थाहरुलाई सिट निर्धारण

काठमाडौं, २२ बैशाख । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका कार्यक्रमका लागि शिक्षण संस्थाहरुलाई सिट निर्धारण गरेको छ ।
चिकित्सा शिक्षा आयोग कार्यकारी समितिको बैशाख २० गतेको निर्णय अनुसार शैक्षिक सत्र २०७८–७९ का लागि चिकित्सा शिक्षाको स्नातक तहको कार्यक्रम सञ्चालन गर्न सीट निर्धारण गरिएको आयोगले जनाएको छ ।
यस शैक्षिक सत्रमा ८२ वटा शिक्षण संस्थाले चिकित्सा शिक्षा स्नातको पढाउन पाउने भएका छन् ।
एमबीबीएस कार्यक्रमतर्फ गतवर्ष भन्दा ६० वटा सीट बढाइएको छ । गतवर्ष १८३५ सीट तोकिएकोमा यस वर्ष १८९५ सीट छुट्याइएको छ ।
यसवर्ष ५० जना विद्यार्थी भर्ना गर्ने गरी देवदह कलेज थपिएको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० सीट थप गरिएको छ ।
अघिल्लो वर्ष कर्णालीका लागि २० सिट तोकिएकोमा यस वर्ष ३० सिट तोकिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


