जनकपुरधाम, २२ बैशाख । श्रम तथा रोजगार कार्यालयले धनुषाको जानकी मेडिकल कलेजको नाममा रहेको बैंक खाता रोक्का गर्न आग्रह गरेको छ ।

श्रम कार्यालयले जानकी मेडिकल कलेजको नाममा नेपाल राष्ट्र बैंकमा रहेको खाता रोक्न आग्रह गरेको हो ।

कार्यालयले बैंकलाई पत्र लेख्दै कलेजको नाममा रहेका विभिन्न बैंकमा सञ्चालित खाता रोक्का गरी श्रम अदालतको फैसला कार्यान्वयनमा सहयोग गरिदिन आग्रह गर्दै निमित्त कार्यालय प्रमुख रामउदगार अधिकारीले पत्र काटेका छन् ।

सो कलेजले सन्तोषजनक जवाफ नदिएपछि कार्यालयले बैंक खाता रोक्का गर्न भन्दै बैंकलाई आग्रह गरिएको पत्रमा उल्लेख छ ।

पटक–पटक पत्र पठाउँदा पनि कार्यान्वयन नगरेकाले बैंक खाता रोक्का गर्न आग्रह गरिएको पत्रमा उल्लेख छ ।