एजेन्सी, २२ बैशाख । भारतको गुजरातस्थित सूरतमा ग्रिष्मा वेकारियाको हत्यामा दोषी पाइएका फेनिल गोयानीलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

यसै वर्ष १२ फेब्रुअरीमा फेनिल गोयानीले परिवारकै सामुन्ने ग्रिष्माको घाँटी रेटी हत्या गरेका थिए ।

यो हत्याकाण्डले धेरैलाई त्रासमा पारेको थियो । फेनिलका वकिलले अदालतसमक्ष यो मामिलामा मृत्युदण्डको सजाय नदिइयोस् भनेर अपिल गरेका थिए । तर न्यायाधीश विमल व्यासले यो मामिलामा मृत्युदण्डको सजाय सुनाए ।