६ तले भवनको भग्नावशेषबाट एक महिलाको ६ दिनपछि जीवितै उद्दार

एजेन्सी, २२ बैशाख । मध्य चीनको चाङ्सा सहरमा भत्किएको एउटा ६ तले भवनको भग्नावशेषबाट एक महिलाको ६ दिनपछि जीवितै उद्दार भएको छ ।
सो विपद्मा कम्तीमा पाँचजनाको ज्यान गएको थियो भने १० जनाको जीवितै उद्धार गरिएको थियो । भवनभित्र पुरिएर दर्जनौँ अझै बेपत्ता छन् ।
भवनको सुरक्षाका विषयमा अनुसन्धान भइरहेको छ । कमजोर सुरक्षा र निर्माण मापदण्ड, स्थानीय अधिकारीहरूको भ्रष्टाचारलगायतका कारण चीनमा ठूला भवन भत्किने गरेका छन् ।
चाङ्साका उद्धारकर्ताहरूले जीवनका संकेतहरू पत्ता लगाउन परम्परागत विधिहरू जस्तैः चिच्याउने, ढकढकाउनुको अतिरिक्त सुँघ्ने कुकुरहरू र ड्रोन परिचालन गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


