काठमाडौं, २२ बैशाख । नेपालको फ्रेन्चाइज टि–२० क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (इपिएल)को पाँचौँ संस्करण आगामी कात्तिक २६ गतेबाट सुरु हुने भएको छ ।

आयोजक इपिएल क्रिकेटले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको पाँचौँ संस्करण २६ कात्तिकदेखि १० मंसिरसम्म हुने जनाएको छ ।

यसलाई नेपाल क्रिकेट संघ (क्यान)ले समेत स्वीकृति दिएको इपिएलले जनाएको छ ।

यस वर्षको इपिएल अघिल्ला संस्करणभन्दा भव्य हुने आयोजकले जनाएको छ । यसका लागि आयोजक टोली लागि परेको विज्ञप्तिमा उल्लेख छ ।

चौथो संस्करणको इपिएल चितवन टाइगर्सले जितेको थियो ।