काठमाडौं, २१ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा १९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३७३ जनाको पीसीआर परीक्षण गर्दा १९ र १ हजार ४४८ जनाको एन्टीजेन परीक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ भने १८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८० पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै, ९ लाख ६६ हजार ७१५ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २१६ होम आइसोलेसनमा र १ जना संस्थागत आइसोलेसनमा छन् ।