रञ्जु दर्शनाले गरिन् विवाह

काठमाडौं, २१ बैशाख । रञ्जु दर्शना वैवाहिक बन्धनमा बाँधिएकी छन् । उनले किशोर कुइँकेलसँग विवाह गरेकी हुन् ।
उनीहरूको हिन्दू परम्पराअनुसार बुधबार काठमाडौंमा विवाह भएको हो । फागुनमा दर्शना र कुइँकेलले इन्गेजमेन्ट गरेका थियो ।
दर्शना विवेकशील साझा पार्टीकी बागमती प्रदेशकी पूर्वसंयोजक हुन् ।झण्डै साढे चार वर्ष विवेकशील साझामा आबद्ध थिइन् । पार्टीमा विचारबारे विवाद भएपछि उनले राजीनामा दिएकी थिइन् ।
उनले २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौंको मेयरका लागि उम्मेदवारी दिएकी थिइन् । बेहुला–बेहुलीलाई बधाई दिन ‘विवेकशील साझा’का पूर्वसंयोजक मिलन पाण्डे पनि वैवाहिक मण्डपमा पुगेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


