चितवन, २० बैशाख । चितवनमा ३१ स्थानमा बर्डफ्लू भेटिएको छ ।

जिल्लामा महिनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा. प्रभाष न्यौपानेले जानकारी दिएका हुन् ।

न्यौपानेका अनुसार चितवनमा माघ २८ गते पहिलोपटक वर्डफ्लू फेला परेको थियो वर्डफ्लू नियन्त्रणका लागि अहिलेसम्म जिल्लाामा पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको हो । २ लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको छ । ब्रोइलर ६४६, कडकनाथ ८९६, ३५ वटा हाँस नष्ट गरिएको छ ।

त्यसैगरी १ लाख ७८ हजार २२६ अण्डा, ६२ हजार ९२० किलोग्राम दाना, ५८ हजार २२० थान क्रेट, ६ हजार टर्की ब्रिडिङ अण्डा, प्यारेन्ट ब्रोइलर ३ हजार ४७६ वटा, १ हजार ३८० वटा गिरीराजको अण्डा, १ हजार ५०० थान कार्टुन, ६६० थान डाला र ४० किलोग्राम तयारी मासु नष्ट गरिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।

चितवनको पूर्वी क्षेत्रमा धेरै बर्डफ्लू देखिएको छ । बर्डफ्लुले कुखुरा मर्न थालेपछि कतिपय कृषकले कुखुरा बजारमा विक्री गरेका कारण धेरै ठाउँमा फैलएिको अनुमान छ ।