एजेन्सी, २० बैशाख । चिनियाँ सहर सांघाइमा कोरोना संक्रमित घटेका छन् ।

सांघाइका स्वास्थ्य अधिकारीहरूले गएको २४ घण्टामा त्यहाँ २७४ जनामा मात्र संक्रमण देखिएको बताएका छन् ।

अधिकारीहरूले त्यहाँ अहिले पनि ५ हजार भन्दा बढी सक्रिय संक्रमित रहेको बताएका छन् । यसअघि हरेक दिन कम्तीमा पनि एक हजार जना संक्रमित पाइने गरेकामा अहिले त्यसमा कमी आएको हो ।

त्यहाँको म्युनिसिपल हेल्थ कमिसनले सांघाइमा पछिल्ला केही दिनमा कोरोनाका संक्रमितहरू घट्दै गएको बताएका हुन् ।