काठमाडौं, २० बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ३२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ९४ नमुनाको एन्टिजेन र पिसीआर विधिबाट परीक्षण गर्दा संख्यामा संक्रमण पुष्टि भएके हो ।

पछिल्लो २४ घण्टामा देशभर २३ जना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट हालसम्म देशभर ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

आज देशभर २१७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।