प्रदेश फुटबल संघको निर्वाचन स्थगित

काठमाडौं, २० बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ ।
एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन स्थगित भएको बताएको हो ।
यसअघि एन्फाले १३ वैशाखमा पत्र काट्दै प्रदेश संघको निर्वाचन १९ देखि २४ वैशाखसम्म गर्न परिपत्र गरेको थियो ।
तर, निर्वाचन समस्या तथा विवाद समाधान समितिको बैठकले विविध कारण प्रदेश फुटबल संघको निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


