इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डमाथि युनाइटेडको शानदार जित

एजेन्सी, २० बैशाख । इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार रातिको खेलमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ ।
घरेलु टोली युनाइटेडले ब्रेन्टफोर्डिविरुद्ध ३–० को जित हात पारेको हो ।
ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, क्रिस्टियानो रोनाल्डो र राफेल भेरानेले एक/एक गोल गरे ।
खेलको नवौं मिनेटमा फर्नान्डेसको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । ६१ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । ७२ औं मिनेटमा भेरानेले गोल गरेपछि युनाइटेडले ३–० को सहज जित निकाल्यो ।
यो जितसँगै ३६ खेलमा ५८ अंक जोडेको युनाइटेड छैटौं स्थानमा रहँदा पराजित ब्रेन्टफोर्ड ३५ खेलबाट ४० अंकका साथ १४ औं स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


