मुख्य निर्वाचन अधिकृतसँग लिखित सम्झौतापश्चात मनोजको धर्ना स्थगित

जनकपुरधाम, १९ बैशाख । जनकपुरधाम उपमहानगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालय अगाडि धर्नामा बसेका नगरप्रमुख पदका बागी उम्मेदवार मनोज साहले धर्ना स्थगित गरेका छन् ।
निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा धनुषाका लागि प्रकाशन गरिएको नमूना मतपत्रमा आफ्नो चुनाव चिन्ह नदेखेपछि धर्नामा बसेका उम्मेदवार साहले मुख्य निर्वाचन अधिकृतसँग लिखित सम्झौता भएपश्चात धर्ना स्थगित गरेका हुन् ।
जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका लागि नेपाली कांग्रेसका बागी उम्मेदवारसाहले आफ्नो चुनाव चिन्ह घण्टाघर मतपत्रमा नदेखेपछि धर्नामा बसेका थिए । उनी जनकपुरधामको निर्वाचन अधिकृतको कार्यालयमा धर्नामा बसेका थिए ।
नमूना मतपत्रमा आफुले पाएको चुनाव चिन्ह नरहेको भन्दै साहले लिखित सम्झौतापछि धर्ना अन्त्य गरेका हुन् ।
साहले निर्वाचन आयोगको अधिकारीक वेबसाइटमा अपलोड भएको नमूना मतपत्रमा आफुले पाएको चुनाव चिन्ह नरहेको भन्दै धर्नामा बसेका थिए । मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलसँग लिखित सम्झौता भएपछि उनी धर्ना अन्त्य गरेर घरदैलो कार्यक्रममा फर्केका छन् ।
आयोगका तर्फबाट मुख्य निर्वाचन अधिकृत प्याकुरेलले साँझसम्म आयोगको वेबसाइटमा चुनावचिन्ह सहितको अर्को नमूना मतपत्र अपलोड हुने लिखित प्रतिबद्धता जनाएपछि धर्ना स्थगित भएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका लागि जम्मा २८ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


