काठमाडौं, १९ बैशाख । विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा महिलातर्फ विजयी शुरुवात गरेको छ ।

आर्मीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै विजयी शुरुवात गरेको हो ।

आर्मीले खेल २५–१९, २५–७ र २५–१८ ले आफ्नो पक्षमा पा¥यो । जितसँगै आर्मीले तीन अंक जोड्दा एभरेस्टले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा महिलातर्फ पाँच र पुरुषतर्फ सात टोलीको सहभागिता छ ।