एनभिए क्लब भलिबल लिगमा पुलिसको विजयी शुरुवात

काठमाडौं, १९ बैशाख । विभागीय टोली नेपाल पुलिस क्लब छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगमा महिलातर्फ विजयी शुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार सप्पन्न खेलमा पुलिसले अर्काे विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो ।
पुलिसले २५–२०,२५–२३, १७–२५, २५–१६ ले खेल आफ्नो पक्षमा पार्दै सुखद सुरुवात ग¥यो । महिलातर्फ दिनको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्बलले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
आर्मीले खेल २५–१९, २५–७, २५–१८ ले जितेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


