एजेन्सी, १९ बैशाख । बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्तीको एउटा तस्बिर पछिल्लो समय चर्चाको केन्द्र बनेको छ ।

सोसल मिडियामा प्रकाशित एउटा तस्बिर भाइरल भएपछि अभिनेतको स्वास्थ्यको विषयमा विभिन्न प्रकारका अफवाह उडिरहेका छन् ।

तर अब मिथुनका छोरा मिमोह चक्रवर्तीले आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् । उनले भनेका छन्, ‘मिथुन चक्रवर्तीलाई मृगौलामा पत्थरीको समस्याका कारण अस्पताल भर्ना गरिएको थियो । भाइरल तस्बिर अस्पतालकै हो जसमा उहाँ बेहोसीको स्थितिमा बेडमा पल्टिरहेको देखिएका छन् । तर अब उहाँको स्वास्थ्य स्थिति राम्रो छ । उहाँलाई बेंगलुरुको अस्पतालबाट पनि डिस्चार्ज गरिएको छ । उहाँ निकै फिट र फाइन हुनुहुन्छ ।’

मिथुन चक्रवर्तीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै थुप्रै प्रशंसकले फेसबुकमा पोस्ट पनि गरेका छन् ।