फिलिपिन्सको सयौँ घरमा आगलागी हुँदा ६ बालबालिकासहित ८ जनाको मृत्यु

एजेन्सी, १९ बैशाख । फिलिपिन्सको राजधानी मनिलानजिकै सयौँ घरमा आगलागी हुँदा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे लागेको आगलागीमा ८० भन्दा बढी घर जलेका छन् ।
क्युजोन शहरकोे भीडयुक्त बस्तीमा रहेको घरको दोस्रो तल्लामा आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन ।
आगो निभाउन करिब दुई घण्टा लागेको थियो । मृत्यु हुनेमध्ये ६ जना बालबालिका छन् । ‘घरमा हल्का सामाग्री थियो । आगलागी हुँदा मानिसहरू स्तब्ध भए’, ग्रेग बिचायडाले भने ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


