जनकपुरधामका कलाकाहरुद्धारा अभिनित भिडियो भारतमा भाइरल, बलिउड अभिनेता सुनिल ग्रोवरले गरे शेयर

जनकपुरधाम, १९ बैशाख । जनकपुरधामका चर्चित हास्य कलाकाहरुद्धारा अभिनित एक हास्यव्यंग भिडियो अहिले छिमेकी मुलुक भारतमा भाइरल बनेको छ ।
हास्य कलाकारद्वय लडुवा भनिने अविनाश झा र उनीसँगै काम गर्ने कलाकार ईशिका भुजेलको एक भिडियो अहिले भारतमा भाइरल बनेको हो ।
युटुबमा एभिआई म्यूजिक नामक च्यानलबाट करिब तीन साताअघि अपलोड गरिएको एक भिडियोको सानो क्लीपमा स्वयम्बरको बेला झगडा गरेको भिडियो भारतमा वास्तविकता भन्दै अधिक शेयर गरिएको छ ।
सो भिडियोलाई बलिवुडका अभिनेता एवम् भारतका चर्चित हास्य कलाकार सुनिल ग्रोवर (डा. मसुर गुलाटी) ले पनि शेयर गरेका छन् । द कपिल शर्मा शोमा काम गरेका सुनिल ग्रोवरले आफ्नो ईन्टाग्राममा अविनाश झा र ईशिका भुजेलद्धारा अभिनय गरिएको सो भिडियो शेयर गरेका हुन् ।
इन्ष्टाग्राममा उनले लेखेका छन्, ‘गुस्सा ना किया करो, अभि तो लाईभ सुरु हुई है, वैसे ३६ के ३६ गुण मिलते है ईनके’ भनेर पोष्टयाएका छन् । सो भिडियो अहिलेसम्म ४ मिलियन अर्थात ४० लाख भन्दा बढी पटक हेरिएको छ ।
यस्तै, भारतको चर्चित न्यूज च्यानल आजतकले पनि सो भिडियोलाई फ्याक्ट चेक कार्यक्रममा देखाएको छ । सो भिडियोलाई विवाहको वास्तविकता दृश्य भन्दै धेरै जना प्रयोगकर्ताहरुले समाजिक सञ्जालमा पोष्टयाएपछि आजतकले सो भिडियो अफवाह रहेको भन्दै समाचारमा स्थान दिएको छ ।
आजतकले सो भिडियोको सबै विस्तृत निकालेर मनोरञ्जनको लागि मात्र बनाइएको भनेर प्रष्टयाएको छ । अरिजनल च्यानलमा सो भिडियो २ लाख भन्दा अधिक पटक हेरिएको छ भने आजतकमा करिब २ लाख जनाले हेरेका छन् ।
भिडियोमा विवाहको स्वयम्वरको बेला दुल्हा दुल्हीले एक अर्कालाई झापड हान्दै गरेको देखिएको छ । विवाहको बेला एकअर्कालाई स्वयँवरमै झापड हानेको तथा गीत गाउने मिथिलानीहरु भने चुपचाप हेरिरहेको देखिन्छन् ।
सो भिडियोको लागि कलाकार अविनाश झा, ईशिका भुजेल, अरुण बिजैया, पिपही, गजेन्द्र गजु, लवली लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


