आलियाको विवाहमा डाको छोडेर रुने को हुन् यिनी ?

एजेन्सी, १८ बैशाख । बलिउड अभिनेत्री आलिया भट्ट र रणबीर कपुरको विवाहका नयाँ नयाँ तस्वीर बाहिर आएका छन् । त्यसैले पनि यो विवाहले फेरि एकपटक चर्चा पाएको छ ।
४ वर्ष डेट गरेपछि भएको यो विवाहमा आलियाका नजिकका साथीहरु पनि सहभागी थिए । तीमध्ये एक थिइन्, आकांक्षा । भारतीय मोडल आकांक्षा रन्जनको अब एउटा तस्वीर अहिले निकै चर्चामा आएको छ ।
यो तस्वीर आलियाको मेहन्दी कार्यक्रमको हो ।
आकांक्षाको बाहिर आएको तस्वीरमा उनी डाको छोडेर रोएजस्तो देखिन्छ । उनले आलियाको हात समातेकी छिन् र रोएकी छिन् । त्यसैले पनि यो तस्वीरको चर्चा अहिले निकै बढेको हो ।
आकांक्षाको यो तस्वीर बाहिर आएपछि बलिउडका निकै धेरै सेलेब्रिटीले पनि यसमाथि कमेन्ट गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


