चलचित्र विकास बोर्डद्वारा सिनेमाहलमा अनुगमन सुरु

हेटौंडा, १८ बैशाख । चलचित्र विकास बोर्डले आइतबारदेखि हेटौंडाबाट अनुगमन सुरु गरेको छ । सिनेमा हलहरुमा व्यापक अनियमितता रहेको गुनासो आएपछि बोर्डले अनुगमन सुरु गरेको हो ।
बोर्डअन्तर्गतको बक्स अफिस समितिका संयोजक राज कटुवाल नेतृत्वको टोलीले हेटौंडाका एनएस सिनेमा र ओम्याक्स हलमा अनुगमन गरेको हो । समितिले आगामी सातादेखि पूर्वी र पश्चिम नेपालका हलमा अनुगमन गर्ने जनाएको छ ।
संयोजक कटुवालका अनुसार हेटौंडाका हल अनुगमन गर्दा तथ्यांक बोर्डमा नपठाएको, बक्स अफिस र हलको डेटाबीच असमानता भेटिएको र नवीकरण नगरेको पाइएको छ ।
यसमा छानबिन गर्ने प्रतिबद्धता जनाउँदै कटुवालले भने, ‘नवीकरण पनि नगरेको पाइएकाले सोहीअनुसार बोर्डमा आउन भनेका छौँ । एक–दुई दिनमा उहाँहरु रिन्यु गर्न आउँदै हुनुहुन्छ ।’
अनुगमन कार्य देशभर रफ्तारमा अघि बढ्ने र हल सुधार कार्य अब सुरु हुने उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


