आइतबार २० नयाँ संक्रमित थपिए, २७ जना संक्रमणमुक्त

काठमाडौं, १८ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा २० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १२ र ७१४ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने २७ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९०० पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । त्यस्तै, ९ लाख ६६ हजार ६२९ जना संक्रमणमुक्त भएका छन् ।
देशभर हाल २२१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २१५ होम आइसोलेसनमा र ६ जना संस्थागत आइसोलेसनमा छन् ।
कोरोनाका बिरामीमध्ये १ जनाको आईसीयूमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


