भारतमा कोरोना संक्रमित बढ्दै, चौथो लहरको आशंका

एजेन्सी, १८ बैशाख । भारतमा पछिल्लो २४ घण्टामा यसअघिका दिनभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
केही दिन यता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतमा कोरोनाको चौथो लहर सुरु भएको हो कि भन्ने आशंका गरिएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ३२४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यही समयमा २ हजार ८७६ जना संक्रमणमुक्त भएका छन् ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४० जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै भारतमा अहिलेसम्म ४ करोड ३० लाखभन्दा धेरैमा कोरोना संक्रमण भइसकेको छ । अहिले भारतमा १९ हजार ९२ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा पाँच लाखभन्दा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


