संसदमा अश्लील भिडियो हेर्ने बेलायती सांसदले दिए राजीनामा

एजेन्सी, १८ बैशाख । बेलायतमा संसदमा अश्लील सामग्री हेरेको आरोपपछि कन्जरभेटिभ पार्टीका सांसद निल पेरिशले अन्ततः पदबाट राजीनामा दिएका छन् ।
६५ वर्षीय पेरिशले ‘पागलपनको क्षण’का लागि माफीसमेत मागेका छन् । उनले आफूले संसदमा दुईपटक अश्लील सामग्री हेरेको पनि स्वीकारेका छन् ।
यसअघि पेरिशले घटना स्वीकार गर्ने संकेत गरेका थिए । आफ्नो फोनमा भूलबस भिडियो खुलेको हुनसक्ने उनको भनाइ थियो । सदनमा पोनोग्राफी हेरेको आरोप दुई महिला सहकर्मीले सांसद पेरिशमाथि आरोप लगाएका थिए ।
उनीहरूले आफ्नो नजिकै बसेर पेरिशले वयस्क सामग्री हेरिरहेको गुनासो गरेका थिए । यस विषयमा अनुसन्धान सुरु गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


