बढ्दो अपराधका कारण इक्वेडरको तीन प्रान्तमा संकटकाल घोषणा

एजेन्सी, १८ बैशाख । बढ्दो अपराधका कारण इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले पश्चिमी तीन प्रान्तमा संकटकाल घोषणा गरेका छन् । गुयास, मनाबी र एस्मेराल्डासमा संकटकाल घोषणा गरिएको हो ।
शान्ति र व्यवस्था लागू गर्न ती प्रान्तमा कर्फ्यू लगाइने र हजारौं सुरक्षाकर्मी परिचालन गरिने भएको छ । इक्वेडरमा हत्या र गिरोहसँग सम्बन्धित अपराधमा तीव्र वृद्धि भएको छ ।
राष्ट्रपति लासोले गत वर्ष पदभार ग्रहण गरेपछि हिंसा रोक्न आपतकालीन शक्ति प्रयोग गरेको यो दोस्रो पटक हो । सडकमा ठूलो संख्यामा सुरक्षा फौज परिचालन गरिने लासोले बताएका छन् ।
४ हजार प्रहरी अधिकारी र इक्वेडरको सशस्त्र बलबाट ५ हजार सैनिक तीनै प्रान्तमा तैनाथ गरिने उनले बताए । निश्चित क्षेत्रमा कर्फ्यू लगाइने भएको छ ।
‘समाज निश्कृय बनाइने छैन,’ उनले ट्विट गरेका छन्, ‘आपराधिक गिरोहहरू सामू शान्तिलाई कहिल्यै बलिदान दिइने छैन । ’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


