काठमाडौं, १८ बैशाख । विगागीय टोली नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले आइतबारबाट सुरू भएको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपमा विजय शुरुवात गरेका छन् ।

दिनको दोस्रो खेलमा पुलिसले गलकोट स्पोर्ट्स क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सप्पन्न खेलमा पुलिसले २५–१५,२५–१७ र २५–२२ ले आफ्नो पक्षमा पार्दै सुखद् सुरूवात गरेको हो ।

यसअघि दिनको पहिलो खेलमा गण्डकीले ढोरपाटन स्पोर्ट्स क्लबमाथि ३–१ को जित निकालेको थियो ।

गण्डकीले ढोरपाटनमाथि २५–१६, २३–२५, २५–१९, २६–२४ को जित निकालेको हो ।