काठमाडौं, १७ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ५ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४ जनामा संक्रमण देखिँदा एन्टिजेनबाट १ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार २१४ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा १ हजार ६६ पीसीआर र १ हजार १११४ एन्टिजेन परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा १७ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २३० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाविरुद्ध खोप लगाउनेको संख्या ७६ हजार ६४६ छ ।