एजेन्सी, १७ बैशाख । भारतमा कोरोना संक्रमितको संख्यामा हरेक दिन वृद्धि भइरहेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ३ हजार ६८८ नयाँ संक्रमित भेटिएका छन् ।

२४ घण्टाको अन्तरालमा ५० बिरामीको मृत्यु भएको छ । सक्रिय संक्रमित पनि बढेर १८ हजार ६८४ पुगेको छ ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल आँकडा ५ लाख २३ हजार ८०३ पुगेको छ ।

भारतमा कोरोना संक्रमणका कारण निको भएकाहरुको संख्या ४ करोड २५ लाख ३३ हजार ३७७ पुगेको छ ।