रुस र युक्रेनका राष्ट्रपतिलाई जी–२० शिखर सम्मेलनमा निमन्त्रणा

एजेन्सी, १७ बैशाख । रुस र युक्रेनका राष्ट्रपतिलाई जी–२० शिखर सम्मेलनमा निमन्त्रणा गरिएको छ ।
इन्डोनेसियामा हुने तय भइसकेको सम्मेलनका लागि उनीहरूलाई इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले निमन्त्रणा गरेका हुन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई इन्डोनेसियाका राष्ट्रपति विडोडोले फोन समेत गरेर निमन्त्रणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उनीहरूलाई यसअघि सम्मेलन आयोजक देशको रुपमा इन्डोनेसियाको तर्फबाट औपचारिक पत्र पनि पठाइसकिएको कार्यालयद्वारा शुक्रबार जारी वक्तव्यमा लेखिएको छ ।
फोन वार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले आफू सम्मेलनमा सहभागी हुने आश्वासन दिनु भएको विडोडोले बताएका छन् । विश्वका प्रभावशाली विकसित देशहरूको समूहको रुपमा चिनिँदै आएको जी–२० समुहको सदस्य रुस पनि हो । तर युक्रेन भने सदस्य छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


