काठमाडौं, १७ बैशाख । जिम्बाबे ’ए’ विरुद्धको टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपालले घरेलु मैदानमा जिम्बाबे ’ए’ सँग तीन खेलको टी–२० र तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ ।

नेपालले जिम्बाबे ’ए’ विरुद्ध आइतबार पहिलो टी–२० खेल खेल्दैछ ।

एकदिवसीयका लागि नेपालले यस अघि नै टिमको घोषणा गरिसकेको छ ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), दिपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आरिफ शेख, सोमपाल कामी, आदिल अन्सारी, करण केसी, अविनाश बोहरा, सागर ढकाल, साहब आलम, किशोर महतो, विवेक यादव, बसिर अहमद, लोकेश बम र भीम सार्की