काठमाडौं, १७ बैशाख । नेपाल र जिम्बाब्वे एबीचको पहिलो एकदिवसीय खेल स्थगित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबारका लागि तय भएको खेल निरन्तर वर्षाका कारण स्थगित भएको हो ।

तीन खेलको सिरिज अन्तर्गतको पहिलो खेल लगातार वर्षाका कारण टस समेत हुन नपाई स्थगित भयो ।

म्याच रेफ्री सत्यजित सरकार र अम्पायर विनय कुमार झाको टोलीले मैदान निरीक्षण गर्दै आजको खेल स्थगित भएको जानकारी दिएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले यो खेल आइतबार हुने जानकारी दिएको छ ।