काठमाडौं, १७ बैशाख । एपिएफका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले तेस्रो संस्करणको वीर गणेशमानसिंह १० किलोमिटर रोडरेस प्रतियोगिताको उपाधि जितेका छन् ।

वीर गणेशमानसिंह फाउन्डेसनको स्पोर्ट्स कमिटीले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ ३१ मिनेट ११.४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै पार्कीले उपाधि जिते ।

त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी ३१ मिनेट १५.२ सेकेन्ड र आर्मीकै राजन रोकाया ३१ मिनेट २०.४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भए ।

महिलतर्फ राजपुराले निर्धारित दूरी ३७ मिनेट १०.५ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन् ।

एपिएफकी पुष्पा भण्डारीले ३८ मिनेट ०४.३ सेकेन्ड र एपिएफकै विन्द्रा श्रेष्ठले ४० मिनेट २८.९५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे ।

१० किलोमिटरतर्फका विजेताले नगद ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, पाँच किलोमिटरतर्फ आर्मीका मुकेश पाल र एपिएफकी फूलमती रानाले पहिलो स्थान हासिल गरे ।

मुकेशले १४ मिनेट ३३.८८ सेकेन्डमा निर्धारित दूरी पार गर्दा दोस्रो स्थानका एपिएफका सन्तोष विक्रम विष्टले १४ मिनेट ५९.८६ सेकेन्डमा दौड पूरा गरे । आर्मीका सुवाष कार्की १५ मिनेट १४.०२ सेकेन्डमा पूरा गरेर तेस्रो भए ।

महिलातर्फकी विजेता फूलमतीले १७ मिनेट ४२.३१ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् । आर्मीकी निर्मला केसी १८ मिनेट १५.३४ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो र आमीकै पूर्णलक्ष्मी न्यौपाने १८ मिनेट २३.९४ सेकेन्डमा निर्धारित दूरी तेस्रो भए ।

पाँच किलोमिटरतर्फ विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ७ सात हजार रुपैयाँ प्राप्त गरे । पाँच किलोमिटरतर्फको रेस पहिलो पटक आयोजना गरिएको हो ।