जिम्बाब्वे ‘ए’ सँग हुने एकदिवसीय र टी–२० सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं, १७ बैशाख । नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बाब्वे ‘ए’ सँग हुने एकदिवसीय र टी–२० सिरिजको खेल तालिका परिवर्तन गरेको छ ।
यसअघिको तालिकाअनुसार एकदिवसीय सिरिज पहिला हुने भनिएको भए पनि क्यानले शनिबार सार्वजनिक गरेको नयाँ तालिकाअनुसार टी–२० सरिज पहिला हुने भएको छ ।
पहिलाको तालिकाअनुसार आजबाट एकदिवसीय सिरिज हुने तय थियो तर वर्षाका कारण खेल हुन सकेन ।
नयाँ तालिकाअनुसार टी–२० सिरिज १ मे (भोलि) बाट सुरु हुनेछ । सिरिजको दोस्रो खेल २ मे तथा तेस्रो खेल ४ मेमा हुनेछ ।
त्यस्तै, एकदिवसीय सिरिजको पहिलो खेल ६ मे, दोस्रो खेल ७ मे तथा तेस्रो खेल ९ मेमा हुनेछ ।
दुवै सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


