काठमाडौं, १६ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका १४ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७७१ जनाको कोरोना परीक्षण हुँदा १४ जनालाई संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १९ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि संक्रमणबाट मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार १ हजार ७७८ नमुना पीसीआर र ९९३ एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । जसमध्ये १३ जना पीसीआर र १ जनामा एन्टिजेन विधिबाट कोरोना संक्रमण पुष्टि भएको हो ।

अहिले देशभर २४३ जना सक्रिय संक्रमित रहेका छन् ।