अफगानिस्तानको एक मस्जिदमा विस्फोट, १० जनाको मृत्यु

एजेन्सी, १६ बैशाख । अफगानिस्तानमा पछिल्लो समय निरन्तर बम विस्फोटनका घटनाहरु हुन लागेका छन् ।
तत्कालीन विद्रोहीले सत्ता कब्जा गरेपछि शान्ति छाउने अपेक्षा गरिएकोमा अहिले पनि विस्फोटनका घटना फेरि बढ्न थालेका हुन ।
सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार अफगानिस्तानको संघीय राजधानी काबुलमा रहेको सुन्नी मस्जिदमा शुक्रबार अर्को विस्फोटन भएको छ ।
विस्फोटनमा परी १० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । अघिल्लो शुक्रबार पनि विस्फोटनको घटनामा परी मानवीय क्षति भएको थियो ।
पछिल्लो समय विषेश गरेर हरेक शुक्रबार विस्फोटनका घटना हुने गरेको पाइएको हो । यस शुक्रबार पनि साप्ताहिक नियमित प्रार्थना सकिएको केही समयपछि प्रार्थनास्थल मस्जिदमा विस्फोटन भएको हो ।
घटनामा परी कम्तीमा १५ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


