एजेन्सी, १६ बैशाख । बेलायती संसदमा सत्तारुढ दलका एकजना सांसदले अश्लिल भिडियो हेरेको भन्दै अनुसन्धान सुरु भएको छ ।

एकजना महिला मन्त्रीले कन्जरभेटिभ पार्टीका सांसदले संसद चलिरहेको बेलामा आफ्नै सामुन्ने अश्लिल भिडियो हेरेको बताएकी थिइन् ।

त्यसपछि कन्जरभेटिभ पार्टीका प्रमुख सचेतकले विज्ञप्ति निकालेर ती सांसदको बारेमा छानविन थालेको जानकारी दिएका हुन् ।

छानविनमा पर्ने सांसदको नाम नखुलाइ पनि उनी ४० देखि ५० वर्ष उमेरबीचका छन् ।